१९ जेठ , काठमाडौं । तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ७ जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।
गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा परी धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टीका धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्दै शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो ।

स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।



