Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी धिरज प्रताप सिंहले पदोन्नति भएका पाँच जना एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे

२५ जेठ , काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह हालै पदोन्नति भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई आईजीपी सिंहले दर्ज्यानी प्रदान गरेका हुन् ।

समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै