Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा कारको ठक्करबाट एक जनाको मृत्यु

२६ जेठ , काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिँडिरहेको बेलामा ठक्कर दिएको थियो । दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment