३ श्रावण , काठमाडौ । विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुर भैसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई काठमाडौं महानगरपालिका-७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटर ब्याज लगाई प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेकहरू र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरु लिई सो बापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।







