Comments Add Comment

Advertisment

SKIP THIS

जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

३ असार , काठमाडौँ । रुपन्देहीको तिलोत्तमास्थित गौराङ्क इजी–वे ट्रायल सेन्टर, कफि कम्पनी मणिग्राममा दुई यूवाले जन्मदिनका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

स्थानीय प्रजेश घिमिरे र सन्तोष न्यौपानेको जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा स्थनीय युवाबाट ५५ यूनिट रगत संकलन गरिएको छ । तिलोत्तमा रक्तदाता समाज र तिलोत्तमा यूथक्लव मणिग्रामको आयोजना तथा गौराङ्ग इजी वे ट्रायल सेन्टरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिति तिलोत्तमा नगरपालिका वडा–५ का वडा अध्यक्ष रमेश डुम्रेले स्थानीय कलवले रक्तदान जस्तो महत्व कार्य गरेकामा प्रसंंशा गरे । उनले रक्तदान जीवनदान भएको चर्चा गर्दै क्लवका सामाजिक कार्यक्रममा आफ्नो पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडेले संस्थाले समाजमा रगत अभाव हुन नदिन हालसम्म २० पटक रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । ती कार्यक्रमबाट १ हजार ५ सय यूनिट रगत संकलन गरि भैरहवा र बुटवलको रक्तसंञ्चार केन्द्रमा पठाएको उनले बताए ।

कार्यक्रममा स्थानीय समाजसेवी पशुुपति घिमिरे, संस्थाका महासचिव अरुण पन्थी लगायतले क्लवले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment