Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ असार , काठमाडौं । काठमाडौँ महानगरपालिका–३ चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गए राति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतकको सनाखत हुन बाँकी छ । टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment