Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा फेरि बढ्न थालो संक्रमण

१६ साउन , काठमाडौ । विश्वभर १७ करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १७ करोड ८८ लाख ७९ हजार १३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ३९ हजार १५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १९ करोड ७९ लाख ६३ हजार ५९६ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४८ लाख ६१ हजार २१० छ । यसमध्ये ८७ हजार ४९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २४४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार २५३ पुगेको छ ।

अमेरिका फेरि बढ्दै संक्रमण

कोरोना भाइरसको खोप तीव्र पारेपछि अमेरिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएकोमा फेरि बढ्न थालेको छ ।

खोप भएपनि लगाउन नमान्ने तथा मास्क लगाउन छाड्नेहरुका कारण त्यहाँ नयाँ भेरियन्टसहितको संक्रमण फैलिन थालेको विज्ञहरुले जनाएका छन् ।

विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख २८ हजार ९३३ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ९९ हजार ७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ८८ हजारभन्दा धेरै पुगेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ५५ हजार ५१२ जना, भारतमा ४ लाख २३ हजार ८४२ जना, रूसमा १ लाख ५७ हजार ७७१ जना, बेलायतमा १ लाख २९ हजार ५८३ जना, फ्रान्समा १ लाख ११ हजार ८२४ जना, इटालीमा १ लाख २८ हजार ४७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

थप १८० जनामा कोरोना संक्रमण

थप ३१८ जनामा कोरोना संक्रमण

संक्रमणबाट आज थप १४ जनाको निधन

Advertisment

छुटाउनुभयो कि? सबै

थप ३१८ जनामा कोरोना संक्रमण

संक्रमणबाट आज थप १४ जनाको निधन

थप २८० जनामा कोरोना संक्रमण