Comments Add Comment

Advertisment

SKIP THIS

दाङको लमहीमा छाडा चौपायाको घाटीमा रातिमा चम्कीने डोरी

.(सागर थापा)

२३ साउन , काठमाडौ । दुर्घटना न्यूनीकरण गर्न दाङको लमहीमा छाडा चौपायाको घाटीमा रातिमा चम्कीने डोरी लगाईएको छ ।

लमही बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर रातिमा चम्कीने डोरी लगाएको छ ।

अस्थायी ट्राफिक पोस्ट लमही दाङ वडा प्रहरी कार्यालय लमही दाङको सहकार्यमा पुर्वपश्चिम राजमार्गको सडकखण्ड अन्तरगत रहेका छाडा चौपायाहरुको घाटीमा रिफ्लेटर लगाईएको छ ।

अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख रन्जित आचार्यका अनुसार दुई दर्जन जति छाडा चौपायाका घाटीमा रिफ्लेक्टर लगाईएको हो। छाडा चौपायाका कारण हुने सडक दुर्घट्ना न्यूनिकरणका लागि यस्तो अभियान सुरु गरेको लमही ट्राफिक प्रमुख आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment