२६ असार , काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे मृत्यु भएकाे छ ।
तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार लडेर बेहाेस भएका अछामकाे मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजाे उपचारका क्रममा मृत्यु भएको हाे ।
गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका बोहरालाई हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर रेफर गरिएको थियाे ।



