Comments Add Comment

Advertisment

SKIP THIS

झापामा लागुऔषधसहित एकजना पक्राउ

२७ असार , काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका ओकैटी टी–स्टेट गोदाम धुरा घर भई दार्जिलिङ मिरीक पश्चिम बंगालमा बस्ने २७ वर्षीय अनुप प्रधानलाई उक्त लागुऔषध बरामद गरेको हो ।

चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ६ ग्राम फेला परेको थियो । हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै