जिल्ला प्रहरी परिसर,काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहराद्वारा प्रहरी परिसर मातहत कार्यालयहरु निरीक्षण गर्ने क्रममा प्रहरी बृत्त महाराजगञ्ज, प्रहरी प्रभाग बुढानीलकण्ठ र प्रहरी प्रभाग नयाँ बसपार्कको निरीक्षण तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

एसएसपी बोहराले निश्पक्ष र भेदभाव रहित अनुसन्धान, बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक भएर कार्यगर्न मातहतका प्रहरी कर्मचारीलाई एसएसपीले निर्देशन दिनुभयो । 
एसएसपी भरत बहादुर बोहराद्वारा बिहिवार प्रहरी परिसर मातहत कार्यालयहरु निरीक्षण गर्ने क्रममा प्रहरी बृत्त महाराजगञ्ज, प्रहरी प्रभाग बुढानीलकण्ठ र प्रहरी प्रभाग नयाँ बसपार्कको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्नुहुदै राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने भएकोले प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने भन्दै उहाँले प्रहरी कार्यालयमा आउने सेवा ग्राही पिडित भएरनै आउने हुनाले पिडितलाई परेको पिरमर्कालाई आफुलाईनै परेको हो भन्ने सम्झि, सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।
एसएसपीले कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत निर्देशन दिनु भयो । तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत Audit भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई Excuse नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरि सेवा ग्राहीलाई दु:ख दिई अन्याय गर्ने काम गरेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउन समेत आफू पछि नपर्ने बताउनु भयो ।



