Comments Add Comment

Advertisment

SKIP THIS

टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

१ श्रावण , काठमाडौं । नुवाकोटमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति ककनी गाँउपालिका १ महालक्ष्मीस्थानस्थित भित्री सडकखण्डमा बा ४ ख ३७२८ नम्बरको टिपर दुर्घटना हुँदा त्यसमा सवार ककनी गाँउपालिका १ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामीको मृत्यु भएको हो । बलामीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका १ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment