Comments Add Comment

Advertisment

SKIP THIS

जनतालाई समृद्ध बनाउने उद्योग – विभिन्न क्षेत्रको भ्रमणमा चिनियाँ राष्ट्राध्यक्षको नजर

४ साउन , काठमाडौँ । जुलाई ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सिन्च्याङमा रहेको अंगुर उत्पादन क्षेत्रको निरीक्षण गर्दै संस्कृति र पर्यटनको एकीकृत विकास गरेर जनतालाई समृद्ध बनाउने उद्योगको निर्माण गर्न प्रस्ताव गर्नुभयो। केही वर्षयता राष्ट्राध्यक्ष सीले विभिन्न ठाउँको भ्रमण गर्दा जनतालाई समृद्ध बनाउने विशेषतायुक्त उद्योगमाथि ज्यादै ध्यान दिनुभएको छ। उहाँले विभिन्न विशेषतायुक्त उद्योगको विकासका लागि प्रोत्साहन गर्ने तथा योजना र विचार बनाउने र उत्पादनको प्रचार गर्नुभएको छ।

सन् २०२० मा राष्ट्राध्य सीले पल्लो शान्सीको भ्रमणमा व्यक्तिगत रूपमा स्थानीय वृक्ष च्याउको प्रचार गर्नुभएको थियो। प्रत्यक्ष प्रसारणमा उहाँले क्यामेरामा प्रशंसा गर्दै भन्नुभयो: “सानो वृक्ष च्याउ, ठूलो उद्योग”। सोही दिन २ करोड नेटिजन्सहरूले प्रत्यक्ष प्रसारण हेरेर कम्तीमा २० टन च्याउ तुरून्तै खरीद गरेका थिए।

चामलको पिठोबाट बनाइने चाउचाउ क्वाङसीको विशेषता खाना हो। जसले करोडौँ युआनको उद्योगको विकास गरेको छ। सन् २०२१ मा राष्ट्राध्यक्ष सीले निरीक्षणको क्रममा प्रशंसा गर्नुभयो- ” चामलको पिठोबाट बनाइएको साना चाउचाउले यति ठूलो उद्योगको विकास गरेको छ। राम्रो छ। यसमा राम्ररी अध्ययन गर्नुपर्छ।” उहाँले “निरन्तर रूपमा ब्रान्डिङको बाटो लिएर उच्च गुणस्तर तथा मापदण्डको पालना गर्नुपर्ने” कुरा प्रकट गर्नुभयो।

सन् २०२१ मा राष्ट्राध्यक्ष सीले छिङहाईको भ्रमण क्रममा एउटा गलैंचा कारखानाको पनि निरीक्षण गर्नुभएको थियो। गलैंचा उद्योगले स्थानीयलाई रोजगारी दिएको सुनेर सीले प्रशंसा गर्दै भन्नुभयो-“तिब्बती गलैंचा उद्योग छिङहाईको वास्तविक अवस्थासँग मिलेको उद्योग हो। यसले गरिबी निवारण र ग्रामीण पुनरुत्थान गर्नुका साथै जातीय एकतालाई प्रवर्द्धन गर्ने भूमिका पनि खेल्छ।”

यसबाहेक, हनानको गुलाब फूल खेत तथा चिया कारखाना, हनानको वर्मवुड जडीबुटी, फुच्यानको स्थानीय खाजालगायत धेरै ठाउँमा राष्ट्राध्यक्ष सीको पद छाप फैलिएका छन्। राष्ट्राध्यक्षको ध्यानाकर्षणले यी उद्योगहरुको बृहत् विकासलाई बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै