१३ साउन , काठमाडौँ । काठमाडौंको बौद्धमा घरको बरन्डाबाट लडेर बालक घाइते भएका छन् । बौद्धस्थित तिनचुली घर भएका १३ वर्षीय सोनाम छिरिङ शेर्पा तीनतले घरको बरन्डाबाट लडेर घाइते भएका हुन् ।
खेल्ने क्रममा लडेका सोनामको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


