Comments Add Comment

Advertisment

SKIP THIS

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

१४ साउन , काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारी–४ भ्यागुतेमा शनिबार मध्यान्ह भएको जीप दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ का ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार जीप रिजर्ब गरेर स्वर्गद्वारी दर्शनका लागि आएका थिए । जीपमा १७ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment