Comments Add Comment

Advertisment

SKIP THIS

बसुन्धाराबाट लेनदेन विगो मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ साउन , काठमाडौं । लेनदेन विगो मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ३२ वर्षीय विपिन पोखरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङ विराटनगरको २०७६ पुस २५ गतेको फैसलाले लेनदेन विगो मुद्दामा २ वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय विराटनगर मोरङ बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै