Comments Add Comment

Advertisment

SKIP THIS

गोरखामा जात्रा हेरेर फर्कने क्रममा पुरुषको हत्या

२९ साउन , काठमाडौ । गोरखा पालुङटार-५ धरमपानीका ३५ वर्षीय बुद्धि विकको हत्या भएको छ ।

ठाँटी पोखरीबाट रोपाईं जात्रा हेरेर फर्कनेक्रममा गएराती १० बजेतिर अज्ञान समुहले उनलाई कुटपीट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि आँपपिपल अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment