Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको सह्रानिय कार्य !

३१ साउन , काठमाडौं । काठमांडौको तारकेश्वर नगरपालिका वडा न ८ स्थित लामबगर सडक यातायातको हिसावले ब्यस्त सडकको रुपमा परिचित छ । यसै त साँगुरो सडक त्यसमा पनि दैनिकजसो बिहान र बेलुका अफिस सवारी आवत जावतको समयमा मालवाहक गाडीहरुको भिडभाडले सडकै अस्तब्यस्त हुने भएकोले ट्राफिक प्रहरीको प्रयत्न र छड्के जाँचको कारणले अहिले नियन्त्रणमा आएको छ ।

तर, बिगत र अहिले पनि दैनिक कुनै कुनै ब्यक्तिहरु बिना हेल्मेट बाइक , स्कूटी कुंधाउने, तरकारी बोक्ने गाडीमा स्कुल पढ्ने बच्चाहरु ओसार्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने , कुनै कुनै टृपर, बस र दुई पांग्रेजस्ता सवारीको गति अत्यधिक मात्रामा हुनु जस्ता चालकको लापर्वाहीलाई मध्यनजर गरी ट्राफिक प्रहरीद्वारा छड्के जाँच गरी कारवाही प्रकृया अगाडी बढाइएकोमा लामबगरवासी जनताहरु ट्राफिक प्रहरीको उक्त कार्यप्रति खुशी छन । र, आगामी दिनमा पनि हामी चालक आफै सचेत भयौं भने कुनै कारवाहीको भागेदार हुनबाट बंचिनुकोसाथै समय र रुपैयाँको पनि बरवाद नहुने भएकोले तपाईं हामी सवै सचेत हुनु जरुरी छ ।

अन्तमा, तपाई हामी सवै सचेत हौं, नियमको पालना गरौं, हतारमा नकुँदौं। यो सडक तपाईं मेरो मात्र होइन , सवैको हो । सुरक्षाकर्मीलाई सहयोग गरौं , आफू पनि बँचौ , अरुलाई पनि बचाउँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै