२७ वैशाख, काठमाडौं । फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेशनमा परेको छ ।

लिगका तीन खेल बाँकी छदै हुलह्याम घटुवा भएको हो । सोमबार राति भएको खेलमा बर्नलीसँग २–० ले पराजित भएसँगै फुलह्याम पनि घटुवा भएको हो । हारपछि फुलह्याम १७औँ स्थानको साउथह्याम्पटन भन्दा १० अंकले पछि छ ।

अवे मैदानमा भएको खेलमा बर्नलीका लागि एश्ली वेष्टवूड र क्रिस वूडले गोल गरेका हुन् । रेलिगेशनमा परेको फुलह्यामले आउँदो सिजन च्याम्पियनसिपमा भने खेल्ने छ ।

वेष्ट ब्रोम र शेफिल्ड युनाइटेड पनि रेलिगेशनमा परिसकेका छन् ।


