Comments Add Comment

Advertisment

SKIP THIS

नहरमा डुबेर एक बालकको मृत्यु

५ भदौ , काठमाडौं । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान सप्तकोसी नगरपालिका-१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप रामको मृत्यु भएको हो ।

बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment