Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषधसहित ३ जनालाई पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना सिभिल इन्जिनियर र एकजना बालक अपहरण र ज्यान मुद्दामा जेल बसेर छुटेका युवक छन् । ललितपुर घर भएका ३८ वर्षका नविन श्रेष्ठ, सुनसरी घर भएका ४३ वर्षका ध्रुव लिम्बु र पर्साका ४० वर्षीय जमुना साहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी विकाशराज खनालले बताए ।

काठमाडौंको कालो पुलबाट पक्राउ गरिएका ध्रुव लिम्बु सिभिल इन्जिनियर हुन् । भदौ ३ मा पक्राउ गरिएका लिम्बुको साथबाट प्रहरीले ५६० एम्पुल बुप्रेनोर्फिन, ५८४ एम्पुल फेनारगन र ७३७ एम्पुल डाइजेपाम बरामद गरेको छ । भदौ २ मा झम्सी खेलबाट पक्राउ गरिएका नवीनको साथबाट प्रहरीले २४३ एम्पुल बुप्रेनोफ्रिन, २४३ एम्पुल फेनारगन र २४३ एम्पुल डाइजेपाम बरामद गरेको छ ।

नविन श्रेष्ठ २०६४ असोजबाट ८ वर्ष जेल बसेर निस्केका हुन् । नाबालक धीरज अधिकारीलाई उनी सहितले अपहरण गरेर हत्यापछि बागमतीमा फालेका थिए । आरोपीहरुले भारतको रक्सौलबाट मोटरसाइकलको ट्याङ्कीमा लुकाएर लागुऔषध काठमाडौं ल्याएको ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

पर्साका साहले रक्सौलबाट मोटरसाइकलको ट्याङ्कीमा लुकाएर लागुऔषध ल्याउने गरेका थिए । उक्त लागुऔषध साहले लिम्बुलाई बिक्री गर्न दिने र लिम्बुले नवीनलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै