Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटको पञ्‍चकन्या गाउँपालिकामा मिनी ट्रक दुर्घटना

२८ भाद्र काठमाडौ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका ५ मा बिहीबार बिहान मिनी ट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा १ जना घाइते भएको स्थानीय रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान बालुवा बोकेर काठमाडौंका लागि छुटेको बा ५ ख ४८६३ नम्बरको मिनी ट्रक (आइचर) शिवालयमा पल्टिएको हो । घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको श्रेष्ठले बताउनुभयो ।

स्थानीय विक्रम श्रेष्ठका अनुसार कुण्डला माध्यमिक विद्यालयबाट शिवालय मन्दिर नपुग्दै घुम्तीमा ब्रेक फेल भइ बिहान करिब साढे ७ बजे मिनी ट्रक पल्टिएको चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment