Comments Add Comment

Advertisment

SKIP THIS

कपनबाट १४ ग्राम खैरो हेरोइनसहित १ जना पक्राउ

१३ भदौ , काठमाडौँ । काठमाडौं महानगरपालिका–६ कपनस्थित साततलेबाट प्रहरीले खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका घर भएर कपन सरस्वतीनगर बस्ने ५० वर्षीय देवीप्रसाद सिवाकोटी छन् ।

आरोपीको साथबाट १४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भदौ १० मा प्रहरी वृत कपनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि अदालतबाट ६ दिनको म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment