Comments Add Comment

Advertisment

SKIP THIS

तिजको अवसरमा सुरक्षाका लागि काठमाडौंमा खटिए दुई हजार बढी प्रहरी

१४ भदौ , काठमाडौ । तिजको दिन आज काठमाडौं सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी खटिएका छन्।

पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंमा मंगलबार कूल दुई हजार चार सय प्रहरी खटिएका छन्। एक हजार महिला प्रहरी र एक हजार चार सय पुरूष प्रहरी खटिएका छन् ।

परिसरले सिफ्टअनुसार प्रहरी परिचालन गरेको हो। पशुपति क्षेत्रमा मात्रै एक हजार दुई सय प्रहरी परिचालन गरेको एसपी मैनालीले बताए।

यस्तै प्रहरीले सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ। एम्बुलेन्स तथा चिकित्सकीय टोली पनि तैनाथ राखिएको एसपी मैनालीले जानकारी दिए। परिसरले पाकेटमारी तथा गरगहना चोरी हुन सक्ने भन्दै सचेत हुन पनि आग्रह गरेको छ।

गरगहना लगाएर नआउन अनुरोध गरिएको छ। सकेसम्म सजिलो तरिकाले दर्शन गरी जाऔं भन्ने अनुरोध छ, एसपी मैनालीले भने, गरगहना लगाउँदा चोरी हुन सक्ने सम्भावना पनि हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment