
३१ भदौ , काठमाडौ । शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ ।
बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ ।

यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८।१४ ले घटेर बजार २८००।९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ ।

अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ ।




