Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिण कोरियामा आँधीका कारण सात जनाको मृत्यु

२३ भदौ , काठमाडौँ । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ ।

उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए । यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवात आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment