Comments Add Comment

Advertisment

SKIP THIS

सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ : अध्यक्ष नेपाल

८ असोज , काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् । शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा कुराकानीमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् ।

‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।

‘रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने । प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको सम्वन्धमा पूर्व प्रधानमन्त्री नेपालले शिलान्यास गर्नुपूर्व टाँगियावस्तीलाई अन्यत्र व्यवस्थापन गर्ने, विमानस्थल निमार्णका लागि ठाउँ खाली गर्ने र स्रोतको सुनिश्चितता भएपछि मात्रै शिलान्यास गर्ने बताएका छन् ।

‘शिलान्यास गर्नु गाह्रो कुरा छदै छैन,खाल्टो खन्यो २ वटा इटा राख्यो, त्यो भन्दा पनि निमार्ण गर्ने कुरा मुख्य हो,निमार्णको सुनिश्चितता हुनुपर्यो’ उनले भने ‘नेपाल सरकारसँग पैसाको कुनै कमी छैन् अहिले नै ५० करोड दिन सकिहाल्छ धमाधम काम भयो भने शिलान्यास हुनै पर्छ भन्ने जरुरी छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै