Comments Add Comment

Advertisment

SKIP THIS

पिताको हातबाट ओलीले ग्रहण गरे टीका : आजै काठमाडौं फर्कँदै

१९ असोज , काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीको टीका ग्रहण गरेका छन् ।

तीन दिनअघि नै गृह जिल्ला झापाको दमक पुगेका ओलीले आफ्नो निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठूलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका हुन् ।

पत्नी राधिकाले पनि बुबाको हातबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी छन् । ओली आजै काठमाडौं फर्कर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment