Comments Add Comment

Advertisment

SKIP THIS

आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा

२६ असोज , काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भएका थिए ।

तर, ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक रहेकाे आयोगले जनाएकाे छ ।

प्रदेश १ मा ३०, मधेशमा ३७, बागमतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै