Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

८ कार्तिक , काठमाडौँ । अमेरिकाको मिजुरी राज्यमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

घटनामा छ जना घाइते भएका छन् । त्यसपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

मारिनेमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा भएको थियो ।

गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment