१० कार्तिक , काठमाडौ । नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।
प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई एमालेले पार्टीबाट निष्कासित गरेको हो । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई गरेको एमालेको प्रदेश सचिवालयले जनाएको छ । उनीहरूलाई पार्टीको विधानको धारा ८१ ९१० बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रदेश सचिव सचिव धर्मराज पाठकले बताउनुभयो ।
उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध गतिविधि गरेको एमालेको भनाइ छ ।



