Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको घोषणपत्र : वार्षिक २५ लाख पर्यटक भित्र्याउने योजना

१६ कार्तिक , काठमाडौं । नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पुर्‍याउने घोषणापत्र ल्याएको छ।

आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणपत्र मंगलबार सार्वजनिक गर्दै एमालेले गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पुर्‍याउने नीति लिएको हो।

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको एमालेले विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। ‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ भन्ने नाराका साथ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गरिने एमालेको योजना छ।

‘पर्यटन सेवाको विस्तार गरिने छ। नेपाली कूटनीतिक नियोगलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरी पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने छ’, घोषणापत्रमा भनिएको छ।

पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनुका साथै प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गर्ने एमालेको नीति छ।

त्यसैगरी सेवा उद्योगको विकास र विस्तारमा तीव्रता ल्याई होटल, रेस्टुरेण्ट एवं हवाई सेवालगायत पर्यटन पूर्वाधार निर्माणलाई गतिशील बनाउने योजना रहेको छ। जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिजमलाई प्रवर्द्धन गरिनुका साथै नेपाली चलचित्रको प्रवद्र्धन, विकास र विस्तार गर्ने योजना बनाएको एमालेले सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने घोषणपत्रमा प्रतिबद्धता जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै