१९ कार्तिक , काठमाडौँ । डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जसपा डडेल्धुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको आफ्नो उम्मेदवारीलाई पूर्ण रुपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवा र प्रदेशसभा (क) प्रत्यक्षतर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेशसभा (ख) का उम्मेदवार गोविन्दराज बोहरालाई पूर्ण रुपमा समर्थन गरि सहयोग गर्दछु ।’
उनले अब आफू गठबन्धनको चुनावी अभियानमा खटिने पनि बताएका छन् । अहिले चुनावी प्रचारको क्रमम कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा छन् ।



