Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२० कात्तिक, काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली चोकनजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरी वृत्त थिमिका अनुसार गएराति काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिदा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिएर सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै