Comments Add Comment

Advertisment

SKIP THIS

रियलको सिजनको पहिलो हार

२२ कात्तिक , काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ।

रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ।

यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किए पनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो। १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ। मड्रिडको ३२ अंक छ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक–एक गोल गरेका थिए। रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरे पनि हार टार्न सकेनन्।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २(० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै