Comments Add Comment

Advertisment

SKIP THIS

करूवा प्रहार गरेर श्रीमतीको हत्या

२४ कात्तिक , काठमाडौ । पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ।

बुद्धशान्ति गाउँपालिका वडा-१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूको स्थानीय बुधबारे बजारमा सुन चाँदीका गरगहनाको पसल गर्दै आएका थिए।

श्रीमान-श्रीमती बीचको सामान्य विवाद बढेर उग्ररूप लिएपछि आक्रोशित भएका श्रीमान ३२ वर्षीय रघुनाथ गोरडले पानी पिउन प्रयोग गरिने करूवा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

भ्कभधबकयातधबचष्अबलष्अ
प्रहरीले हत्या आरोपमा मृतकको श्रीमान रघुनाथलाई आज बिहान नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान सुरू गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment