Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा गोली चल्यो

१ मंसिर , काठमाडौं । रौतहटमा गोली चलेको छ ।

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको छ । एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको थियो ।

सो पछि मदिरा सहित भनिएको उक्त गाडी त्यहाँबाट भाग्न सफल भएको थियो । लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धनगढीमा गोली चल्यो

कपिलवस्तुमा गोली चल्यो

Advertisment

छुटाउनुभयो कि? सबै