Comments Add Comment

Advertisment

SKIP THIS

८ किलो गाँजासहित २ जना पक्राउ

६ पुष , काठमाडौं । गोलबजार नगरपालिका-१ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका-१ बस्ने ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथ घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।

स.१ ह २०२८ नम्बरको अटो रिक्सालाई प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment