Comments Add Comment

Advertisment

SKIP THIS

निहिताले भनिन्- राजनीतिक गुटबन्दीले शोभराज छुट्न ढिलाइ भयो

८ पुष , काठमाडौं । निहिता विश्वासले चाल्र्स शोभराजको रिहाइ यसअघि नै हुनुपर्नेमा राजनीतिक गुटबन्दीले अहिलेसम्म कुर्नुपरेको बताएकी छन् । चाल्र्स शोभराजको प्रेमिकाका रुपमा चर्चा आएकी निहिताले शुक्रबार पत्रकारहरुसँग यस्तो गुनासो गरेकी हुन् ।

पछिल्लो समय निहिताले शोभराजलाई भेट्न छाडेका थिए । तर, उनी आज कैदमुक्त हुँदैछन् भन्ने खबर सार्वजनिक भएपछि शुक्रबार अध्यागमन विभाग पुगेकी उनले चाल्र्सले ५ वर्षअघि नै सफाइ पाउनुपर्नेमा ढिला भएको बताइन् । उनले भनिन्, ‘५ वर्षअघि नै यो निर्णय हुनुपर्ने थियो । तर, राजनीतिक खिचातानी कारण ढिलाइ भयो ।’

मुटुको रोग लागेर निधन हुन सक्ने भएकाले सर्वोच्चले सबै कुरा बुझेरै सफाइ दिएको भन्दै उनले शोभराजलाई केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउनू भन्ने आदेश भएको दाबी गरिन् । उनले आजै शोभराजलाई फ्रान्स पठाउने समेत बताइन् ।

सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज आज कारागारबाट मुक्त हुँदैछन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । त्यसपछि शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै