Comments Add Comment

Advertisment

SKIP THIS

नवलपरासीमा करेन्ट लागेर टिपर चालकको मृत्यु

२४ कात्तिक , काठमाडो । नवलपरासीमा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ ।

नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोरन्डी खोलामा प्र.२–०३–००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर चालक रुपन्देही बस्ने ३८ वर्षीय देवेन्द्र नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निस्दी कन्स्ट्रक्सन एण्ड सप्लायर्सको उक्त टिपर खोलामा धुने क्रममा हाइटेन्सन लाइनको नाङ्गो तारमा छुन पुगेको थियो । प्रहरीले चालकको घटनास्थलमै मृत्यु जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment