Comments Add Comment

Advertisment

SKIP THIS

डडेल्धुरा पुगेर डिआईजी अशोक सिंहले अपराध अनुसन्धानमा गम्भीर भएर काम गर्न निर्देशन

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निरीक्षण गर्नुको साथै जिल्लामा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिनुभएको छ ।

उक्त अवसरमा डिआईजी अशोक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो ।

जिल्लाको दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा,अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने अपराधिक गतिबिधी,अबैंध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न बताएका छन् ।

समुदाय-प्रहरी साँझेदारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गरि समाजमा बढिरहेको आत्महत्या,लागु औंषध सेवन,साईबर अपराध,सवारी दुर्घटना लगायतका सामाजिक बिकृती बिसंगती न्युनिकरण गर्न बिषेश योजना बनाई लागु गर्नु पर्ने । प्रहरी परिचालनको सिलसिलामा प्रहरी कर्मचारीहरुले स्वार्थ वा प्रलोभनमा नपरि कुनै पनि गैरव्यावसायिक क्रिलाकलापमा संलग्न नभई शुन्य सहनशिलतामा कार्य गर्न समेत निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै