Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोट चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

४ फागुन , काठमाडौ । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस दुर्घटना विदुरको चैनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ । केही घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउनेक्रम जारी डिएसपी खगेन्द्र खड्काले बताए ।

घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment