Comments Add Comment

Advertisment

SKIP THIS

तेह्रथुमको होडा बस्तीमा आगलागी

२८ फागुन , काठमाडौ । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगास्थित होडा बस्तीमा भीषण आगलागी भएको छ ।

आगलागीबाट चार घर जलेका छन् । बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर जलेका छन् । आगो नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयलेवासीले प्रयास गरिरहेका छन् । आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भइसकेको प्रारम्भीक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment