Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले नेपालगञ्जबाट ठुलाे मात्रामा सुनका गरगहना सहित दुई जनालाई पक्राउ

नेपालगञ्ज / बाँके प्रहरीले नेपालगञ्जबाट ठुलाे मात्रामा सुनका गरगहना सहित दुई जनालाई पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ न्यूरोडस्थित एक होटलबाट करिब पाँच किलो सुनका गरगहना सहित दुई जनालाई पक्राउ गरिएको हो ।

बुधबार राति करिब पौने ९ बजेतिर न्यू इन्द्रेणी होटलबाट ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनका विभिन्न गरगहना सहित विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय रमेश सोनी र ३६ वर्षीय प्रकाश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) सन्तोष सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार बाँकेको न्यू इन्द्रेणी होटल तर्फ जाँदै गरेका मानिसहरुले अवैध सुनको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलिले शंकास्पद रुपमा रहेका दुई जनालाई चेकजाँच गर्दा उनीहरूले बोकेको झोला भित्र सुन जस्तो देखिने विभिन्न गरगहना सहित प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायत सुनका गहना प्रहरीले गएराति बरामद बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै