Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी छानबिनको विषय सदनलाई जानकारी गराउन माग

१ जेठ , काठमाडौ । नेकपा एमाले सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरेका छन् ।

ुयस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ, गैरेले भने, आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ ।

अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन । उनले सरकारलाई संसद्‌मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको माग समेत गरे ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउन खोज्ने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment