Comments Add Comment

Advertisment

SKIP THIS

वान एक्स बेट प्रकरणमा ‘बल्छी धुर्बे’को बयान– ‘ढेडु बुढो’ले डुबायो सर !

१२ असार , काठमाडौ । नेपालमा प्रतिबन्धित वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे०ले आफू अर्का कलाकार सरोज घिमिरे (ढेडु बुढो)का कारण फसेको बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा भएको बयानमा बल्छी धुर्बेले ‘मलाई ढेडु बुढाले डुबायो सर’ भनेको प्रहरी स्रोतले बतायो ।

‘सरोजले आफूले पनि विज्ञापन गरिरहेको र त्यसले कानूनीरूपमा खासै फरक नपर्ने भन्दै विज्ञापन गर्न लगाएको भनेर उहाँ (बल्छी धुर्बे)ले बयान दिनुभएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

पक्राउ परेका अधिकांशले आफूहरूलाई वान एक्स बेट गैरकानूनी भएको कुरा जानकारी नरहेको बयान दिएका छन् । जानकारी नभएकै कारण विज्ञापन गरेको भनेर अधिकांशले बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।

गएको जेठ ३२ गते प्रहरीले ५ जना कलाकारसहित ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल ९राजु मास्टर०, पवन खतिवडा ९म्याकुरी०, एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।

वान एक्स बेट र त्यसको प्रोमो कोड प्रचार गरेका उनीहरूले २ देखि ४० लाख रुपैयाँसम्म बुझेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यही अभियोगमा काभ्रेको तेमाल– ८ का ‘भ्लगर’ २२ वर्षीय राजकुमार थापा भन्ने राजकुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरेर असार १० गते सार्वजनिक गरेको छ ।

कलाकार तथा युट्युबरहरू पक्राउ पर्नुअघि मुख्य एजेन्ट भनिएका व्यक्तिहरू पक्राउ परेका थिए । पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको र उनी मुख्यमध्येका एक एजेन्ट रहेको प्रहरीले बताएको थियो ।

२ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेले एकाउन्टेनको रूपमा काम गर्ने भएकाले उनी पनि ठूलामध्येको एक एजेन्ट भएको प्रहरीको दाबी थियो ।

प्रहरीले दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताल र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।

श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको थियो ।

५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्दलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको थियो । ५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको प्रहरीले दाबी गरेको थियो ।

उनीहरूभन्दा माथि रहेका एजेन्टलाई पक्राउ गर्ने दाबी गरेको अपराध अनुसन्धान कार्यालयले अहिले भने उनीहरूभन्दा माथिल्लो एजेन्ट नदेखिएको बताएको छ ।

‘हामीले टप एजेन्टलाई पक्राउ गरेर सार्वजनिक गरेका छौं । त्यसभन्दा माथि को–को छन् भनेर खोजिरहेका छौं, तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले भने ।

उनका अनुसार प्रहरी अब स–साना कारोबार गर्ने एजेन्टहरूलाई पनि पक्राउ गर्नेतर्फ लागेको छ । तर, साना एजेन्ट कति छन् र खेल्ने कति छन् भन्ने यकिन तथ्यांक पनि प्रहरीसँग छैन ।

‘खेल्ने र खेलाउने कति छन् भन्न सकिने अवस्था छैन । यो ठूलो समूहमा छ । वान एक्स बेटको माथिल्लो निकायमा हाम्रो पहुँच पनि छैन,’ एसएसपी केसीले भने, ‘किनकि यो जुन देशबाट सञ्चालन भएको छ त्यो देशमा कानूनीरूपमा मान्यता पाएको छ, हामीले माग्दा तथ्याङ्क दिने अवस्था हुँदैन ।’ प्रहरीले वान एक्स बेट खेलाउने र खेल्ने कतिपयलाई निगरानीमा राखेको छ । उनीहरूको प्रमाण फेला नपारेका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

‘कतिपय व्यक्तिलाई हामीले निगरानीमा राखेका छौं, तर उनीहरूविरुद्ध बलिया प्रमाण नभेटिएकाले पक्राउ गर्न सकेका छैनौं,’ एसएसपी केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment