Comments Add Comment

Advertisment

SKIP THIS

आर्मीका खेलाडीले गोदे दर्शक, विराटनगरमा पनि एक युवकको उस्तै हर्कत

२७ असार , काठमाडौ । सातौँ प्रधानमन्त्री कप – एन भि ए राष्ट्रिय भलिबल लिगका दौरान सोमबार भएको गण्डकी प्रदेश र आर्मीबीचको खेलको अन्तिम समयमा एक निराशाजनक घटना भयो ।

आर्मीका खेलाडीले अनुशासन तोड्दै दर्शकदीर्घामा नै पुगेर दर्शकमाथि हातपात गरे । आक्रोशमा आएर दर्शकमाथि नै कुटपिट गर्ने जर्सी नम्बर ६ का यी आर्मीका खेलाडी हुन् धनबहादुर भट्ट । र, उनीबाट कुटपिटमा परेका रोल्पाका रामजी प्रसाद डिसी हुन् । आर्मीका प्रमुख स्पाइकर भट्टले डिसीलाई जोडले एक मुक्का प्रहार गरेको दृश्यमा देखिन्छ ।

बोतल प्रहार अरु कसैले गर्यो, मुक्का खाए अर्कै कसैले

खेलको तेस्रो सेटको अन्तिम समयमा अवस्था तनावपूर्ण बनेको थियो । खेलमा आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएपछि रेफ्रीले आउटको इसारा दिए । त्यो चरणको खेल २४–२४ को बराबरीमा रोकिएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको दाबी गरेपछि विवाद सुरु भएको थियो ।

गण्डकीका खेलाडीले रेफ्रीको निर्णयमा प्रश्न उठाइ रहँदा एक समर्थकले भने कोर्टमा रहेका आर्मीको टोलीमाथि पानीको बोतल प्रहार गरेपछि आर्मीका खेलाडी समर्थक कुट्न दर्शकदीर्घामै पुगेका थिए ।

भट्टले कुटेका यी समर्थक बोतल प्रहार गर्ने थिए वा थिएनन्, त्यो उनलाई थाहा थिएन । तर पनि भट्टले आफ्नो मर्यादा भुलेर हात हाले ।

खेलाडीको कुटाई खाने रामजी प्रसाद डिसी मंगलबार न्यूज २४ टेलिभिजनको कार्यालयमा आइपुगेका छन् । उनले आफुले बोतल प्रहार नगरेको बताएका छन् । खेलाडीसँगै अर्को एक प्रशिक्षकले समेत लात्ताले हिर्काएको उनी बताउँछन् ।

विभागीय टोलीबाट सधै अनुसाशनको अपेक्षा गरिन्छ । तर खेलकुदमा बेग्लै छवि बनाएको आर्मीले अनुशासनका सबै हद पार गरेर तनाव सिर्जना गरिदियो । खेलाडीले दर्शकमाथि कुटपिट मात्र गरेनन् आफू बस्ने कुर्सी समर्थकतर्फ फ्याकेर तमासा देखाए ।

गण्डकी प्रदेश र रामजी प्रसाद डिसीले आर्मीका खेलाडी धनबहादुर भट्टको नाम नै तोकेर कारवाहीको माग राख्दै संघमा निवेदन दर्ता गराएका छन् ।

भट्ट राष्ट्रिय टोलीका सदस्य समेत हुन् । तर, सोमबार भट्टलगायत खेलाडीले अनुशासन मात्रै तोडेनन् उनीहरुले आक्रोशित हुँदै अमर्यादित बनेका थिए । तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराएको थियो ।

राखेपमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको थियो । विराटनगरको घटनाले सामाजिक सञ्जालमा तरंग

कोशी राजमार्गअन्तर्गत विराटनगर ४ दूधफारममा साइकल चालकमाथि मुक्का बर्साउने कारका एक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ६ का साइकल चालक पवन साहलाई विपरित दिशाबाट जाँदै गरेको कारमा सवार आयुष भेटुवालले मुक्का प्रहार गरेका थिए । उनको प्रहारबाट सडकमा बेहोस भएर ढलेका साहलाई आयुषले खुट्टा तानेर किनार लगाएको भिडियो फुटेज सार्वजनिक भएको छ ।

प्रहार गर्ने आयुषलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गरेको छ भने कारमा सवार आयुषका अन्य दुई साथीहरु कुशल भेटवाल र रोशन कार्की फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment