५ साउन , काठमाडौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धिराम चौलागाई र प्रहरी चौकी हरमटार, खोटाङमा कार्यरत प्रहरी जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको छ ।
विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको गत असार ६ गते सुनसरीको दुहवी नगरपालिका(५ स्थितमा विशेष सूचनाको आधारमा भारतीय नागरिकहरु दिपेश यादव र अभिषेक यादवलाई ९ किलो गाँजासहित पक्राउ गरेको, प्रहरी हिरासतमा मानव मस्तिष्क सहितको पुस्तकालयको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
साथै विभिन्न मितिमा भन्सार छलि ल्याएको अवैध सामानहरु भन्सार कार्यालयमा बुझाएको र गत असार ४ गते खोटाङको रावा बेसी गाउँपालिका वडा नं. ४ स्थित रावा खोलामा आएको बर्षातको बाढीमा रावा खोलाको वीचमा फसेका २ जना वर्ष २७ को युवराज रोक्का र बर्ष १६ को मदन मगरलाई आफ्नो ज्यान समेत जोखिममा राखी उद्दार गर्नुका साथै विभिन्न समयमा वाढी पहिरोको कारण रोकिएका सवारी साधनहरुलाई स्थानीय निकायहरुसँग सहकार्य गरी सवारी साधन खुलाएको र आम नागरिकमा प्रहरीको छवि उच्च राख्दै त्रुटी रहित तवरबाट कर्तव्यपथमा तल्लीन रही आफुलाई दिईएको जिम्मेवारी तथा दायित्व उच्च मनोवलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इन्स्पेक्टर चौलागाई र प्रहरी जवान राईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रत्येक महिना प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको जनाएको छ ।


