Comments Add Comment

Advertisment

SKIP THIS

सिरहाबाट मिटरब्याजी आरोपमा एक महिला पक्राउ

२५ साउन ,काठमाडौ । सिरहा प्रहरीले मिटरब्याजी आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment