४ भदौ ,काठमाडौ । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर-१३ स्थित भैंसेपाटीमा एक बालक मृत फेला परेका छन् ।
नुवाकोट जिल्लाको लिखु गाउँपालिका-१ घर भई हाल बनेपा–१३ स्थित भैंसेपाटीमा डेरा गरी बस्दै आएका बलराम खड्काका छोरा विशाल खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै कोठाको झ्यालमा नायलनको डोरीमा पासो लगाएर झुन्डिएर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




